काठमाडौँ । म्यानमाको मन्डाले क्षेत्रमा बस र भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।
अग्नि सेवा विभागका अनुसार शनिबार साँझ पिन ओ ल्विन–मन्डाले सडकखण्डमा दुर्घटना भएको हो। पिन ओ ल्विनबाट मन्डालेतर्फ गइरहेको एक्सप्रेस बसको ब्रेक फेल भएपछि विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएको थियो।
ठक्करपछि बस सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेर पल्टिएको विभागले जनाएको छ। दुर्घटना स्थानीय समयअनुसार साँझ करिब ६ः०५ बजे ओरालो सडकमा भएको थियो।
दुर्घटनामा भ्यानका चालकसहित ६ जनाको मृत्यु भएको छ। बसमा सवार २९ जनामध्ये पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको विवरण सार्वजनिक भएको छ।
घटनापछि स्थानीय अग्नि नियन्त्रक र उद्धारकर्मीलाई परिचालन गरिएको थियो। घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्याइएको छ भने दुर्घटनामा परेका र बेपत्ता भएका व्यक्तिहरूको खोजी तथा उद्धार कार्य जारी रहेको विभागले जनाएको छ।




