सोमबार, कार्तिक १०, २०८३
बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिन देशका विभिन्न भूभागमा मौसम बदली हुनुका साथै वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण आजदेखि मौसममा बदली सुरु हुने र बुधबारदेखि वर्षा तथा हिमपातको सम्भावना बढ्नेछ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षा तथा हिमपातले दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले मौसमको अद्यावधिक सूचना लिएर आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय