बुधबार, कार्तिक १२, २०८३
चेक बाउन्समा दोषी ठहर भएका पाठक पक्राउ

काठमाडौं । ८० लाख रुपैयाँको चेक बाउन्ससम्बन्धी बैंकिङ कसुरमा दोषी ठहर भएका प्रशान्त बहादुर पाठक पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौंको नारायणथानबाट पक्राउ गरेको हो।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले २०८३ जेठ ११ गते पाठकलाई तीन महिना कैद र चार लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो। साथै, जाहेरवाला टिकाबहादुर तामाङ धावालाई ८० लाख रुपैयाँ बिगो र कानुनबमोजिमको ब्याज भराउन आदेश दिएको थियो।

पाठकले खातामा पर्याप्त रकम नभएको अवस्थामा नबिल बैंकको चेक जारी गरेका थिए। भुक्तानीका लागि पटकपटक चेक पेस गर्दा रकम अभावमा फिर्ता भएपछि अदालतले उनलाई दोषी ठहर गरेको हो। अदालतले पीडित राहत कोषमा १६ हजार रुपैयाँ जम्मा गर्नसमेत आदेश दिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय