काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज विशेष बैठक बोलाएको छ। आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा देशको पछिल्लो समसामयिक अवस्थाबारे छलफल हुने भएको हो।
बैठकमा पार्टी सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन्। बैठकमार्फत सरकारलाई समसामयिक घटनाक्रमबारे ध्यानाकर्षण गराउने कांग्रेसको तयारी छ।
विशेष बैठक सम्पन्न भएपछि सभापति थापाले आफ्नो धारणा राख्ने कार्यक्रम तय भएको छ। कार्यक्रममा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू पनि उपस्थित हुनेछन्।


