आइतबार, कार्तिक १५, २०८३
यूएईमा २५ दिनदेखि सम्पर्कविहीन काभ्रेका लक्ष्य घिमिरे, खोजीका लागि परिवारको अपिल

काभ्रे । वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका काभ्रेको नमोबुद्ध नगरपालिका–२ का २९ वर्षीय लक्ष्य घिमिरे विगत २५ दिनदेखि परिवारको सम्पर्कविहीन भएका छन्। उनी सम्पर्कबाहिर भएपछि परिवारले खोजी तथा सकुशल उद्धारका लागि अपिल गरेको छ।

वैदेशिक रोजगार बोर्डका अनुसार घिमिरे करिब एक वर्षअघि यूएईस्थित ईएमपीवल्र्ड इम्प्लोयमेन्ट सर्भिसेज एलएलसीमा काम गर्न गएका थिए। उनका सालो नवराज सेन्चिउरीका अनुसार घिमिरेको मानसिक अवस्था सामान्य नरहेको हुँदा परिवार थप चिन्तित बनेको छ।

घिमिरेका भिनाजु नवराज विकले खोजी तथा उद्धारका लागि बोर्डमा निवेदन दिएपछि बोर्डले सम्बन्धित निकायमार्फत खोजबिन गरी सकुशल नेपाल फर्काउन आवश्यक समन्वयका लागि आग्रह गरेको छ।

परिवारले यूएईस्थित नेपाली दूतावास, रोजगारदाता कम्पनी तथा सम्बन्धित निकायलाई उनको अवस्थाबारे तत्काल खोजी गरी उद्धारका लागि पहल गरिदिन अनुरोध गरेको छ।

यूएईमा लक्ष्य घिमिरेलाई देख्नुहुने वा उनको अवस्थाबारे जानकारी पाउनुहुने व्यक्तिलाई परिवार तथा सम्बन्धित निकायमा खबर गरिदिन आग्रह गरिएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय