काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ।
जनकपुरले दुई खेल खेल्दै एकमा जित र एकमा हार बेहोरेको छ। उसले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो भने कर्णाली याक्ससँग १९ रनले हारेको थियो।
पोखराले भने आफ्नो पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजय भोगेको थियो।


