चितवन । पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकले आज मलेखु–मुग्लिङ सडकखण्डमा चार घण्टासम्म आवागमन बन्द हुने जानकारी लिनुपर्ने भएको छ।
मझिमटारमा आकाशे पुल निर्माणअन्तर्गत गर्डर राख्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरिने भएको हो।
सडक आयोजना पश्चिम खण्डले सो अवधिमा सवारीसाधन सञ्चालन नगर्न र सडक बन्द हुँदा लेन अनुशासन तथा ट्राफिक नियम पालना गर्दै धैर्यपूर्वक बस्न सबैलाई आग्रह गरेको छ।


