काठमाडौं । नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्ता प्रक्रियामा कैफियत देखिएको दाबी गरेको छ।
यसअघि पनि नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन रहेको छ।


