शुक्रबार, कार्तिक २७, २०८३
कप्तान दीपेन्द्रको उत्कृष्ट ब्याटिङ, सुदूरपश्चिमले बनायो १२५ रन

काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकीय इनिङ्सको मद्दतमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन जोडेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रले सर्वाधिक ६० रन बनाए । उनले संयमित ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए ।

त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ रनको योगदान दिँदा आरिफ शेखले १६ रन जोडे ।

अब काठमाडौं गोर्खाजले जितका लागि निर्धारित २० ओभरमा १२६ रन बनाउनुपर्नेछ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय