सोमबार, कार्तिक ३०, २०८३
जेनजी प्रदर्शनका बेला केन्द्रीय कारागारबाट फरार भएका दुई बलात्कारका अभियुक्त पक्राउ

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिन्धुलीको महेन्द्रझ्याडी घर भएका ३४ वर्षीय भीमबहादुर वाइबा र उदयपुरको बेलका नगरपालिका–२ घर भएका ३५ वर्षीय सुरेन्द्र भुजेल भनिने सुरेन्द्र दमाई रहेका छन्।

प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर अर्जुनकुमार अधिकारीको कमाण्डमा खटिएको टोलीले आइतबार वाइबालाई काठमाडौंको जडीबुटीस्थित एक छाप्रोबाट र सुरेन्द्रलाई काभ्रेको बनेपाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरू २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। दुवै जना एउटै बलात्कार मुद्दाका फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई पुनः केन्द्रीय कारागारमा बुझाइने प्रहरीले जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय