काठमाडौँ । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबीच भेटवार्ता भएको छ।
आज भएको भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए। ‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए।
भेटका क्रममा धमलाले लामिछानेलाई पाँच वर्षपछि प्रधानमन्त्री बन्नुपर्ने सुझावसमेत दिएका थिए। जवाफमा लामिछानेले भने, ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ।’

