बुधबार, मंसिर ०२, २०८३
झापामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणीको आरोपमा २५ वर्षीय युवक पक्राउ

झापा । झापामा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–४, विश्वडुब्बाका २५ वर्षीय बनेश्वर सोरेन रहेका छन् । उनलाई प्रहरीले बुधबार बिहान पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सोरेनले किशोरीमाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय