बुधबार, मंसिर ०९, २०८३
काभ्रेमा पत्रकार महासंघको प्रदर्शन, ‘सामूहिक गिरफ्तार गर’ भन्दै सरकारलाई दबाब

काभ्रे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले नेपाल पत्रकार महासंघ काभ्रे शाखाले जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शन गरेको छ।

महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत आयोजित प्रदर्शनमा पत्रकारहरूले ‘सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानर प्रदर्शन गर्दै सरकारको व्यवहारप्रति विरोध जनाएका छन्।

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोद न्यौपानेका अनुसार केन्द्रले अघि सारेका माग सम्बोधन तथा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरिएको हो। महासंघले घोषित आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।

सिफारिस

ताजा समाचार

लोकप्रिय