सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर पौडेल पक्राउ

विराटनगर – सौर्य एयरलाइन्स विराटनगरका स्टेसन म्यानेजर प्रकाश पौड्याललाई पक्राउ परेका छन् । प्रहरीले अवैध रकम ओसारपसारको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । पौडेललाई शनिबार साँझ प्रहरीले पक्राउ गरिएका हो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रहरी प्रवक्ता नान्तीराज गुरुङले पौडेललाई पक्राउ गरेको पुष्टि गरेका हुन्। प्रहरीले उनलाई थप अनुसन्धानका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग पठाएको छ ।

शनिबार सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोख्रेल सोही प्रकरणमा पक्राउ परेकी थिइन् । शनिबार विराटनगरदेखि काठमाडौं आएको सौर्य एयरको जहाजमा ५० लाख रुपयाँ अवैध रकम भेटिएको थियो । विराटनगरबाट आएको सो रकम बुझ्न सौर्य एयरलाइन्स काठमाडौंमा कार्यरत पोख्रेल गएकी थिइन् । सोही बेला प्रहरीले पोख्रेललाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस