मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
आइतबार, पौष १८, २०७८ | १५:१३:१४
सर्लाही – सर्लाहीमा भएको मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार राति ईश्वरपुर नगरपालिका–३ बयलवास भक्तिपुर सडकखण्डस्थित सागरनाथ जंगलबाट बयलवास जादैँ गरेको बा १९ प ७१९७ मोटरसाइकल दुर्घटना भएको प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिए।
उनका अनुुसार मोटरसाइकल दुर्घटना हुँदा ईश्वरपुर–१० का २२ वर्षीय अरुण सिंह, २० वर्षीय श्रगम बिक र २२ वर्षीय रोहन सिंहको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकल आफैँ अनियन्त्रित भई सपेताको रूखमा ठोक्किएको थियो। रूखमा ठोक्किएर मोटरसाइल सडकभन्दा १० मिटर तल खसेको उनले जानकारी दिए । मृतकहरूको शव जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ।