पौष २३ गतेसम्म तेमालका विद्यालय बन्द

काभ्रे (तेमाल) – जाडा बढ्दै गएसँगै काभ्रेको तेमाल गाउँपालिकाका विद्यालयहरु जाडो बिदा सुरु भएको छ । आजबाट सुरु भएको जाडो बिदा पौष २३ गतेसम्मका लागि हुने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । गाउँपालिकाले सूचना सार्वजनिक गर्दै विद्यालय बन्द हुने जानकारी गराएको हो ।

पालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘जाडो मौसम बढी तापक्रम घटी रहेको अवस्थामा विद्यालय आउने बालबालिकालाई चिसोका कारण विद्यालयको पठनपाठनमा संग्लन हुन कठिनाई भएको हुँदा मिति २०७८/०९/१८ देखि २०७८/०९/२३ गतेसम्म १ हप्ता विद्यालयको पठनपाठन बन्द गरी जाडो बिदा दिने गाउँपालिकाको निर्णय अनुसार सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस