पनौतीमा एक हप्ता निःशुल्क आँखा शिविर हुने

काभ्रे (पनैती) – काभ्रेको पनौती नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघको आयोजनामा र रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा पनौतीमा निःशुल्क आँखा शिविर हुने लागेको हो ।

नगरका विभिन्न स्थानमा फरक समयमा आँखा शिविर सञ्चालन गरिने काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले जानकारी दिए । उनका अनुसार पौष २१ गते रेडक्रस भवन पनौती बजारमा, पौष २३ गते कुशादेवि स्वास्थ्य चौकी, कुशादेवि, पौष २४ गते सुनथान प्राथमिक स्वास्थ्य केन्द्र, सुनथान, पौष २६ गते खोपासी प्राथमिक स्वास्थ्य केन्द्र खोपासी, पौष २८ गते कलाती भुमिडाँडा स्वास्थ्य चौकी, भुमिडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।

निःशुल्क आँखा शिविरमा सहभागी भएर स्वास्थ लाभ लिन हुन सम्पूर्ण नगरबासीमा काभ्रे उद्योग वाणिज्य संघले अनुरोध गरेको छ ।

आँखा शिविर सम्बन्धि नगरपालिकाद्वारा प्रकाशित सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस