एमाले काभ्रे अधिवेशनका लागि धुलिखेलका होटलले २५ प्रतिशत छुट दिने
काभ्रे (धुलिखेल) – नेकपा एमाले काभ्रेको १० औ जिल्ला अधिवेशनका लागि क्षेत्रीय होटल संघ काभ्रेले २५ प्रतिशत छुटको व्यवस्था गर्ने भएको छ ।
एमालेको १० औं जिल्ला अधिवेशनले आन्तरिक पर्यटनलाई बृद्धि गर्ने धुलिखेलको थप प्रचार हुने र सौराहमा जस्तै उत्साह हुने भएकाले क्षेत्रीय संघले कोठा तथा खानेकुरामा २५ प्रतिशतको छुट दिन लागेको क्षेत्रीय होटल संघ धुलिखेलको सचिव जोत्सना सैंजूले जानकारी दिइन् । कोरोनाको कारणले थलिएको होटल व्यवसायलाई उकास्न धुलिखेलमा हुने एमालेको अधिवेशनले मद्धत मिल्ने आशा आफूहरुले लिएको उनले बताइन् ।
५० हजारको उपस्थितीमा धुलिखेलमा गरिने अधिवेशनमा आउने आन्तरिक पर्यटकलाई स्वागत गर्न आफूहरु तयारी अवस्थामा रहेको बताउँदै कार्यक्रम सफलताको उनले शुभकामना व्यक्त गरिन् ।
क्षेत्रीय होटल व्यवसायी संघका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले आन्तरिक पर्यटकको स्वागत गर्न तयार रहेको बताए । यो आफूहरुको लागि पनि राम्रो अवसर भएकाले आकर्षक छुटको व्यवस्था गरेको उनले जानकारी दिए । पर्यटकको स्वागतमा हामीहरु स्वागत गर्न तयार रहेको उनले बताए ।