शनिबार, आश्विन १७, २०८३
महासभामा नेपालको सहभागिता र प्रधानमन्त्रीको सम्बोधनबारे संसद्लाई जानकारी

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभामा जानकारी गराउनुभएको छ।

उहाँले महासभाको ‘जनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनमा जलवायु न्याय र नेपालको राष्ट्रिय हितका महत्वपूर्ण विषय समेटिएको बताउनुभयो। प्रधानमन्त्रीको सम्बोधनले जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको उहाँको भनाइ छ।

महासभामा सहभागी हुने क्रममा नेपाली प्रतिनिधिमण्डलले विभिन्न देशका उच्च पदाधिकारी तथा समकक्षीसँग भेटघाट र छलफल गर्नुका साथै विभिन्न सत्रलाई सम्बोधन गरेको मन्त्री खनालले सदनलाई जानकारी गराउनुभयो।

सिफारिस

ताजा समाचार

लोकप्रिय