सुनको मूल्य आज ६ सय रुपैँयाले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैँयाले बढेको छ । मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैँयामा कारोबार भएको छापावल सुनको मूल्य आज ६ सय रुपैँयाले बढेर ९२ हजार ८ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैँया तोकिएको छ । मङ्गलबार यसको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैँया तोकिएको थियो। त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले बढेर एक हजार २ सय ६० रुपैँया पुगेको महासङ्घले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस