पौष २३ गते एमालेको जिल्ला अधिवेशन हुदैँ : तोकियो तीन बुँदे मापदण्ड
बिहिबार, पौष २२, २०७८ | ११:२६:५१

काभ्रे (बनेपा) – पौष २३ गते नेकपा (एमाले)को जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनका लागि नेकपा एमाले संगठन विभागले जिल्ला कमिटीसम्बन्धी तीन बुँदे मापदण्ड देशभर ७७ वटै जिल्लामा सर्कुलर गरेको छ ।
अधिवशेनका लागि एमालेले तोकेको ३ बुदेँ मापदण्ड :
१) पदाधिकारी हुनका लागि दुई कार्यकाल जिल्ला कमिटीमा काम गरिसकेको वा एक कार्यकाल सचिवालयमा सदस्य भई काम गरिसकेको हुनुपर्नेछ ।
२) सदस्यका लागि जिल्ला कमिटी, जिल्ला विभाग वा एक तह मुनिको कमिटीमा कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्नेछ ।
३) एकता एकीकरणबाट पार्टीमा समाहित भएकाको हकमा भने विधानको धारा ६३(११) अनुसारको हुनेछ ।