भुम्लु सल्लेका किसानलाई मिनि टिलर ट्याक्टर वितरण

काभ्रे (भुम्लु) – जिल्लाको भुम्लु गाउँपालिकाले किसानलाई सहजताका लागि कृषि सामाग्री वितरण गरेको छ । कृषिमा आधुनिकिकरणका लागि गाउँपालिकाको वडा नं ५ स्थित सल्लेका किसानलाई मिनि टिलर ट्याक्टर वितरण गरिएको छ ।

भुम्लु गाउँपालिकाको कृषि शाखाको वार्षिक स्विकृत कार्यक्रम अनुसार किसानलाई बुधबार ट्याक्टर वितरण गरिएको गाउँपालिकको कृषि शाखाले जनाएको छ ।गाउँपालिका र वडा कार्यालयको समन्वयमा २२ वटा मिनि टिलर ट्याक्टर र २ वटा हेभी ट्याक्टर गरी २४ वटा ट्याक्टर वितरण गरिएको भुम्लु गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष अञ्चल कुमार लामाले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवँरले कृषकलाई मिनि टिलर ट्याक्टर वितरण गरेका हुन् । उनका अनुसार कृषिमा आधुनिकिकरणका लागि कृषकलाई ट्याक्टर वितरण गरिएको हो । यसले कृषकलाई थप सहज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस