पूर्वआइजीपी खनाल नयाँ दल खोल्ने तयारीमा
शुक्रबार, पौष २३, २०७८ | १४:१३:२९

काठमाडौं – पूर्वआइजीपी सर्वेन्द्र खनाल नयाँ दल खोल्ने तयारीमा छन्। खनालले आफूनिकटस्थहरुसँग नयाँ दल दर्ताको तयारीका लागि छलफल बढाएको बुझिएको छ। यसका लागि उनी तनहुँ, नवलपरासी, चितवन, बारा, पर्सा, धनुषालगायतका जिल्लाहरुमा पुगेको बुझिएको छ ।
नयाँ दलको नाम लगभग जुरिसकेको बुझिएको छ । नयाँ दलमा को को रहने भन्नेबारे पनि उनले टुंगो लगाउने क्रममा भेटघाट तिव्र पारेको विश्वस्त स्रोतले बताएको छ ।