बाँस्कोटालाई सांसद लम्सालको प्रश्न, ‘विकासको मूल फुटायौँ भन्दै कतिञ्जेल जनतालाई झुक्याउने ?’
काभ्रे (धुलिखेल) – विकासको मूल फुटायौँ भन्दै कतिञ्जेल भ्रम छरेर जनतालाई झुक्याउने ? भन्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं प्रदेश सांसद लक्ष्मण लम्सालले पूर्वमन्त्री गोकुल बाँस्कोटालाई प्रश्न गरेका छन् ।
धुलिखेल नगरपालिका वडा नम्बर ९ मा नेकपा (एस)को वडा भेलालाई आज (शनिबार) सम्बोधन गर्दै विकासको नभइ भ्रष्टाचारको मुल फुटाएको बताउँदै जनतालाई भ्रम नर्छन उनले बाँस्कोटालाई चेतावनी दिएका छन् । शुक्रबार भएको एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै आफू र आफ्नो पार्टीले काभ्रे जिल्लामा विकासको मूल फुटाएको भन्दै गोकुल बाँस्कोटाले दाबी गरेका थिए ।
‘काभ्रेमा कहाँ कति विकास भयो भन्ने कुरमा जनतालाई राम्रोसँग थाहा छ,’ सांसद लम्सालले भने, ‘जनता माझ हावादारी कुरा गरेर विकास निर्माण हुँदैन् । त्यसका लागि काम गर्नुपर्छ ।’ त्यसकारण त्यस्ता झुटा भ्रममा नपर्न जनतालाई उनले आग्रह गरे ।
जिल्लामा बाँस्कोटाले विकासको छाप नभइ भ्रष्टाचारको छाप लगाएका सांसद लम्सालले बताएका छन् । ‘काभ्रे जिल्ला भन्ने बित्तिकै यहाँका नेता भ्रष्टाचारमा मुछिएका छन् भनेर भनिन्छ,’ उनले भने, ‘ अहिले त्यहि भ्रष्टचारको दुर्गन्धमा छौँ । उनकै कारण अन्त जाँदा हाम्रो शिर झुकेको छ । सिँगो जिल्लाले कयौँ वर्षसम्म यहि दाग भेटाउन समय खर्च गर्नुपर्ने हुन्छ ।’