नेपाल प्याब्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल
काभ्रे (बनेपा) – निजी तथा आवासिय अर्गनाईजेशन नेपाल प्याब्सन काभ्रेको अध्यक्षमा श्याम भुजेल निर्वाचित भएका छन् । १४ औ जिल्ला अधिबेशनले भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितीको बरिष्ठ उपाध्यक्षमा महेन्द्र थिङ, उपाध्यक्ष सुजेन्द्र श्रेष्ठ, सचिव छविरमण पराजुली, कोषाध्यक्ष वसन्तराज नेपाल, सह–सचिव युगबहादुर पन्त, सहकोषाध्यक्ष अर्जुन थापा चयन हुनुभएको छ । त्यस्तै दिपेन्द्रबहादुर विष्ट, कृष्णसून्दर थापा, इन्दु थापा, उमा बस्नेत र दामोदर दाहाल सदस्यमा निर्वाचित भएका हुन् ।
अधिवेशनले महाधिवेशन प्रतिनिधिमा सुशिला पौडेल, रोजिना केसी, रणवहादुर खड्कालाई चयन गरेको छ । अधिवेशनको उदघाटन गर्दै प्याब्सनका केन्द्रिय सह अध्यक्ष डिके ढुङ्गानाले राज्यले अझै पनि निजी विद्यालयहरूलाई विभेद गरेको गुनासो गरे ।
कार्यक्रममा पनौती नगरपालिकका नगर प्रमुख भिम न्यौपाने, प्याब्सनको केन्द्रिय महासचिव कुमार घिमिरे उप महासचिव आरबी कटवाल, सचिव भिमसेन केसी, केन्द्रिय सदस्यहरू हिरा शर्मा नेपाल, सत्यनारायण श्रेष्ठ, वागमती प्रदेश सचिव राममणी सापकोटा प्याब्सन काभ्रेका तदर्थ समितिका संयोजक रवि श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।