‘सदस्यहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो’ : प्रबन्धक रानाभाट

काभ्रेमा पछिल्लो समय सहकारीको संख्या बृद्धि हुदैँ गएको छ । काभ्रेमा सञ्चालित सहकारीहरुले सिद्धान्त तथा नियमहरु पालना गरेका छन् त ? कर्जा कसरी प्रवाह गर्ने ? लगायतका विषयमा नवकिरण बचत तथा ऋण सहकारी सस्था लि.का प्रबन्धक सुमन राणाभाटसँग यस अंकमा कुराकानी गरेका छौँ । संस्थाका प्रबन्धक निर्देशक रानाभाटसँग बेथानचोक खबर डटकमले गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
तपाईको बुझाईमा सहकारी भनेको के हो ?
समाजमा रहेका न्यून आयवर्ग समेतलाई समेटी सहकारीको माध्यमबाट संगठीत गरी सहकारी मूल्य मान्यता र सिद्धान्तलाई आत्मासाथ गदै समुदायमा संगठीत रूपमा कार्य गरी आपसी सद्भाव बृद्धि गर्ने अवस्था सृजना गरी उनीहरूमा स्वावलम्बन, मितव्यायी र पारस्परिक सहयोगको भावना बृद्धि गर्ने, बचत गर्ने बानीको विकास गर्ने, आफूसंग भएको सीप र साधनलाई उत्पादनशील कार्यमा लगाई आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि सेवा तथा सुविधा उपलब्ध गराई बचत तथा ऋणको माध्यमबाट आत्मानिर्भर हुन प्रेरित गर्ने माध्यम नै सहकारी हो ।
तपाईको संस्थाको परिचय दिनुहोस् न ?
नवकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बनेपा नगरपालिकाकोे सहकारी विभागमा दर्ता भइ काभ्रेपलाञ्चोकबाट कारोबार गर्न इजाजत प्राप्त वित्तिय संस्था हो । संस्थाको कार्यालय बनेपा नगरपालिकाको पनौती रोड, चारदोबाटोमा अवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा बैंक तथा वित्तिय संस्थाामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु, व्यवसायी बौद्धिक वर्ग, उद्यमी, समाजसेवी तथा सहकारी क्षेत्रको राम्रो ज्ञान र अनुभव हासिल भएका व्यक्तिहरुको समूह छ । संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तिय वातावरणमा स्वस्थ्य प्रतिस्पर्धाबाट आर्कषक ब्याज प्रदान गरी संकलन गरिएका बचत रकमलाई सदस्यहरुको आवश्यकता बमोजिम उत्पदानशिल, आयमूलक, सीपकमूलक क्षेत्रको पहिचान गरी कर्जा लगानी गर्न र सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तरमा अभिबृद्धि गरी समग्र देशको अर्थतन्त्रमा केही मात्रामा भएपनि सकारात्मक टेवा पु¥याउनु नै संस्थाको मूल उद्देश्य रहेको छ ।
यस संस्थाको प्रमुख उद्देश्य के छ ?
सदस्यहरुलाई समुहमा आवद्ध गराई उनीहरुको जीवनस्तर र व्यावसायी बनाउनु र एकै उद्देश्य भएका सदस्यहरुलाइ व्यावसायीमा आवद्ध गराएर तिनीहरुको सामाजिक आर्थिक तथा सांस्कृतिक उद्देश्य पुरा गर्नु नै यसको प्रमुख उद्देश्य हो । सदस्यहरुको खर्च कम गर्ने बानी बसाल्ने र आत्मनिर्भर बनाउने साथै सहकारीको नियमावलीमा रही समाजमा रहेको निम्न आय भएको ब्यतिलाई सहकारीको माध्यमबाट आत्मनिर्भर बनाउने ।
आर्थिक कारोबारको अवस्था के छ अहिले ? आर्थिक कारोबारमा सन्तुष्ट हुनुहुन्छ ?
आजको अवस्थामा सहाकारी एवं वित्तिय संस्थाहरु विच तिब्ररुपमा प्रतिस्पर्धा भएको अवस्था छ । सहकारी नाफाका लागि व्यापारीले जस्तो केवल व्यापार व्यावसाय गर्नै संस्था होइन नत बैंक जस्तो बैंकिंक कारोवार मात्र गर्नै माध्यम हो यो त सदस्यको हकहितका लागी काम गर्ने माध्यम हो त्यसकारण अहिलेको अवस्था मा आईपुग्दा सम्ममा संस्थाको कारोबार सन्तोषजनक नै छ । रोशी गाउँपालिकाबाट कारोबार सुरु गरी शाखा कार्यालयको रुपमा हाल बनेपा नगरपालिाकामा दर्ता भइ काभ्रे जिल्ला भर कार्य क्षेत्र लिई हालसालै बनेपामा सुरुवात गरेका छौं । छोटो समयमानै काभ्रे जिल्लामा छुटै पहिचान बोक्न सफल भएको छ । जे होस् सदस्यलाई सन्तुष्टि दिएका छौं । सदस्यलाई परेको बेलामा आज सम्म समस्या समाधान गर्न सकेका छौं । सदस्यहरुको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो ।
यस संस्थाको लगानीका क्षेत्रहरु के छन् ?
हामीले विशेष गरेर कृषि, उद्योग, व्यापार लगायतका क्षेत्रमा लगानी गर्ने गरेका छौं ।
कर्जा कसरी खराब बन्न पुग्छ ?
साधारण भाषामा मान्छेको नियत खराब भयो भने र कर्जा लिनेले कर्जाको सहि सदुपयोग गरेन र कर्जाको दुरुपयोग गयो भने मात्र खराब बन्न पुग्छ ।
कर्जा प्रवाह गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
धितो जमानत का आधारमा लगानी गर्न हो कर्जा प्रवाह गर्दा मुख्य त कर्जा लगानी हुने क्षेत्रमा ध्यान दिनुपर्छ । कर्जा अनुत्पादक क्षेत्रमा लगानी हुनु हुँदैन ।
अहिलेको समयमा सहकारीले मूल्य र सिद्धान्तहरु पलना गरेका छन् त ?
अहिले सहकारी ऐन, र सहकारीको मूल्य र सिद्धान्त पालना गर्ने सहकारी संस्थाहरू कमै छन् ।
सहकारी क्षेत्रमा अहिले देखिएका प्रमुख चुनौतीहरु के छन् ?
सहकारीहरू सामाजिक भन्दा बढी व्यवसायीक र नाफामुख भएका छन् । जसले गर्दा धनी र गरिब बीचको अन्तर झन बढ्दै गएको छ । कर्जामा लिइने बढी व्याज र अनावश्यक शुल्कहरुले न्युन आयस्तर भएकाहरूलाई भार थेग्न गाह्रो भएको छ भने उता धनीहरूलाई निक्षेप संकलनका नाममा सहकारीहरूले बचतमा उच्च व्याज दिने गरेका छन् । जसले गर्दा अहिले बजारमा कर्जामा सहकारीको ऐन नियम भन्दा धेरै व्याज असुल्ने परम्परा छ ।
सहकारी क्षेत्रमा देखिएका समस्या कसरी समाधान गर्न सकिन्छ ?
नियमनकारी सरकारी निकाय सक्रिय भएमा मात्र यो समस्या समाधान हुन सक्छ । अन्यथा सहकारी संस्थाहरू कुनै दिन धनीहरूले गरिबलाई चुस्ने माध्यम बन्न सक्छ । सम्बन्धित निकायले सहकारीहरूलाई बेलैमा नियन्त्रण गर्न जरुरी छ । यसकालागि सहकारीहरूलाई गाउँ केन्द्रीत गराएर ‘समान दायित्व र समान अधिकार’ भन्ने मूल उद्देश्यका साथ उत्पादनमुखी कार्यमा सहकारीलाई सक्रिय गराउनु आवश्यक छ ।
अन्त्यमा, यस संस्थाको भावी रणनिति तथा योजनाहरु के छन् ?
अहिलेको अवस्थामा बजारमा देखिएको समस्याले गर्दा सहकारीलाई निकै नै गाह्रो बनाएको छ । विभिन्न नाममा बजारमा आएका सहकारीहरुले विभिन्न प्रकारको नियम विपरित ब्याज स्क्रिमहरुले गर्दा साधारण तरिकाका सहकारीको कारोबार गर्न गाह्रो बनाएको छ । त्यसैले सरुमा नै संस्था सम्बन्धी जानकार भएर मात्र सदस्यता लिई कारोबार गर्नु पदर्छ । सफ्टवेयरका माध्यमबाट दैनिक रुपमा हुने आर्थिक कारोबार यस संस्थाको माध्यमबाट प्रत्यक्ष रुपमा संलग्न गराउनुको छिटो छरिदो र भरपदो रुपमा सेवा प्रदान गर्ने योजना बनाएका छौँ ।