समाचार प्रभाव : प्रेसर हर्न प्रयोग गर्ने १ सय ५३ ट्रिपरलाई कारवाही

काभ्रे : पछिल्लो समय काभ्रेमा प्रेसर हर्नका कारण सर्वसाधरणले भोग्नु परेको हैरानीको विषयवस्तुलाई बेथानचोक खबर डट कमले माघ २६ गते समाचार प्रकाशन गरेको थियो । सर्वसाधरणले पटक पटक यस विषयलाई उठाउँदा पनि यसको सम्बोधन नभएपछि बेथानचोक खबर डट कमले समाचार प्रकाशन गरेको थियो ।
प्रेसर हर्नले सर्वसाधरणलाई हैरानी : ट्राफिक प्रहरी मौन, गुनासो गर्दानी
उक्त समाचार प्रकाशन भएको भोलिपल्टै अथार्त आज जिल्ला ट्राफिक प्रहरी काभ्रेले सवारी चेकजाँचलाई कडा पारेको देखिन्छ । ट्राफिक प्रहरीले प्रेसर हर्न प्रयोग गर्ने १ सय ५३ वटा ट्रिपरलाई नियन्त्रणमा लिई कारवाही गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्ला स्थित राजमार्ग भएर चल्ने विभिन्न किसिमका सवारी सधानहरुले सम्बन्धित कम्पनीले जडान गरेको र्हन भन्दा बढी आफुखुशी प्रेसर हर्न जडान गरी जिल्ला स्थित राजमार्ग, सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गरेको भन्ने नागरिकहरुको गुनासोलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा तथा मातहत प्रहरी कार्यालयहरुबाट संयुक्त रुपमा विशेष प्रहरी परिचालन गरी १ सय ५३ वटा ट्रिपरलाई नियत्रणमा लिएर कारवाही गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै भारवान क्षमता भन्दा बढी लोड बोकेर राजमार्गमा गुड्ने सवारी सधानहरुले सडक संरचना बिगारेको जन गुनासोलाई पनि सम्बोधन गर्दै ट्राफिक प्रहरीले १५० वटा ट्रिपरलाई कारवाही गरेको छ ।