प्रदिप र सविता अभिनित ‘सुनन’ सार्वजनिक
शुक्रबार, माघ २८, २०७८ | १४:१५:२६

काठमाडौं : गायक ओजस्वी प्रदिप धमलाले आफ्नो बिल्कुलै नयाँ सांगीतिक सौगात ुसुननु सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वयम् गायक धमलाको शब्द संगीत रहेको छ। शिवम रसाइलीको गीतमा संगीत संयोजन रहेको छ।
अनिल कटुवालले छायाँकन र सम्पादन गरेको यस भिडियोमा सविता कुटु र गायक धमला फिचर्ड छन्। भिडियोमा द डान्स सोर्स समुहको समेत प्रस्तुति देख्न सकिन्छ। म्युजिक भिडियो ओपीडी ट्युन्स नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।
भिडियो हेर्नुहोस् :