काभ्रे : बनेपा नगरपालिकाले आज अरनिको राजमार्गको दाँयाबाँयाका फुटपाथ खाली गरेको छ । फुटपाथ अतिक्रमणका कारण बनेपा नगरबासीले झेल्दै आएको समस्यालाई विषयवस्तु बनाएर बेथानचोक खबर डट कमले फागुण २ गते समाचार प्रकाशित गरेको थियो ।
फुटपाथमै व्यापार, फुटपाथमै गुड्छन् गाडी : नगरपालिका नदेखेझैँ गर्छ आँखै अगाडी
समाचार प्रकाशन भएको १ हप्तापछि नगरपालिकाले आज बनेपा बजारको फुटपाथ अतिक्रमण हटाउँदै फुटपाथ खाली गरेको छ । ठूलो संख्यामा सुरक्षाकर्मी र नगर प्रहरीद परिचालन गरेर नगरपालिकाले आज फुटपाथको सामान उठाएको हो ।
त्यसो त नगरपालिकाले पटक पटक फुटपाथलाइ खाली गराउने प्रयास गरेपनि सफल हुन भने सकेको थिएन । सडकमा पैदल यात्रु हिँड्ने बाटो नै कब्जा गरेर राखिएका सामग्रीहरु नगरपालिकाले उठाएको हो । अव्यवस्थित पार्किङ्ग र फुटपाथमा राखिएका सामग्रीले बनेपा कुरूप भन्दै आएको थियो ।



















