
काभ्रे : जिल्लाको रोशी गाउँपालिकामा सञ्चालित पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता –२०७८ को उपाधि हिमालय माध्यमिक विद्यालयले पाएको छ।
रोशी गाउँपालिका वडा नं ७ स्थित रोशी माध्यमिक विद्यालय कटुन्जेवेशीमा भएको उक्त प्रतियोगितामा पञ्चकन्या मावि रोशी–१० द्वितीय र मंगलजनविजय मावि रोशी–९ तृतीय स्थानमा पर्न सफल भएको हो ।
उक्त प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, हाइजम्प, लङजम्प, सटफुट जस्ता विधा समावेश गरिएको थियो । प्रतियोगिताका लागि गाउँपालिकाका १६ वटा विद्यालय सहभागी भएका थिए । प्रतियोगिताको व्यवस्थापन रोशी माविले गरेको थियो ।
“हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वास्थ्य समाजको आधार” भन्ने मूल नाराका साथ रोशी गाउँपालिकाले सुभारम्भ गरेको पालिका स्तरिय राष्टपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता चैत्र २ गते सम्पन्न भएको हो । खेल फागुण ३० गतेबाट चैत्र २ गतेसम्म ३ दिन सम्म लगातार संञ्चालन भएको थियो ।