काभ्रे : जिल्ला सहकारी संघले संघ लिमिटेडले सहकारीमा देखिएका समस्याका विषयमा छलफल गर्ने भएको छ । सहकारी संघले सहकारी क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
जिल्लाको सहकारी क्षेत्रमा देखिएका समस्या पहिचानका लागि संघले छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्न लागिएको जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष दिलिप शर्माले जानकारी दिए । उनका अनुसार छलफल तथा अन्तरक्रिया कार्यक्रम चैत्र ८ गते मंगलबार होटल उग्रचण्डी बनेपामा हुनेछ । कार्यक्रम बिहान ७ : ३० बजेबाट सुरु हुने उनले बताए ।



















