प्रकाशकीय : ‘हामी व्यवसायिक र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छौ’
मोफसलबाट स्तरीय अनलाइन प्रकाशित हुन्छ भन्ने उदाहरण पेश गर्ने उद्देश्यले पाँच वर्षअघि सुरु गरिएको बेथानचोक खबर डट कम काभ्रेपलाञ्चोक आजबाट पाँच वर्षमा प्रवेश गरेको छ ।
पाँच वर्ष प्रवेश गर्दै गर्दा यसले एउटा सन्देश दिएको छ । त्यो भनेको मोफसलबाट स्तरीय अनलाइन मिडिया संचालन हुन्छ । यो सफलताको हकदार पाठक, विज्ञापनदाता, सहकर्मी, शुभेच्छुक सबैमा जान्छ । सबैको साथ, सहयोग, सल्लाह र सुझाव बिना मोफसलमा अनलाइन संचालन गर्न निक्कै गाह्रो थियो । गाह्रोमात्रै हैन असंम्भव नै थियो ।
बेथानचोक खबरलाई काभ्रेको अग्रस्थानमा ल्याउन पाठक र दर्शकले प्रकाशन पढेर, हेरेर, हाम्रा विषयवस्तुलाई मन पराएर, हामी समक्ष आइपुग्नुभएकोमा त्यसको लागि यहाँहरुलाई विशेष धन्यावद । छोटो समयमै यस स्थानसम्म आइपुग्न तपाई पाठक, दर्शक र शुभेच्छुकबाट मिलको साथले हामी हर्षित भएका छौँ । हर्षित मात्रै नभएर आफ्नो कर्मप्रति लाग्न थप हौसला मिलेको आभाष गरेका छौ । हामी अझ विश्वसनीय रुपमा आउने प्रतिज्ञा समेत गर्दछौ ।
अनलाइनलाई काभ्रे जिल्लाको अग्रस्थानमा ल्याउन र सबैको लोकप्रिय सञ्चारमाध्यम बनाउन सहयोग गरिदिनुभएकोमा यहाँहरुप्रति हार्दिक आभार प्रकट गर्दछौँ । हामीले जिल्लाका विषयवस्तुलाई प्राथमिकतामा राख्दै स्थानीय खबरलाई पहिलो प्राथमिकतामा राख्नेछौ ।
आम नागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । यसलाई हामीले अधिकतम् प्रयोग गर्ने प्रयास गरेका छौ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप सीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।
प्रविधिको विकाससँगै विकसित पत्रकारिताको यो कान्छो रूपले अहिले विश्वभर पत्रकारिताको संस्थापनलाई जीवित रहनका लागि समयानुकूल परिवर्तन गरेर अनलाइनमा जोड दिएको छ । नेपालमा स्थापित छापा र विद्युतीय पत्रकारिताका चुनौतीका रूपमा अनलाइन पत्रकारिताको उदय भएको छ ।
विश्वका अन्य देशहरूमा जस्तै ढिलोचाँडो अनलाइन पत्रकारिता मूलधारको आमसञ्चारमाध्यम बनेर सबैभन्दा अगाडि आइरहेको छ । हालैको समयमा नेपालमा जुनस्तरमा स्थापित पत्रकारहरूले अनलाइन पत्रकारितामा रुचि देखाउने र जसरी यो क्षेत्रमा अवसर देखेर लगानी आएको छ । यसले नेपाली पत्रकारिता क्षेत्रमा सकारात्मक परिवर्तनहरू ल्याएको देखिन्छ ।
यसले बहुलवादी समाज र लोकतन्त्रलाई बलियो बनाउन समेत मद्दत गर्छ । लोकतन्त्रलाई बलियो बनाउन नागरिकलाई जानकार बनाउनै पर्छ । जसका लागि यस बेथानचोक खबरले स्थापनाकालदेखि नै पहल कदमी चाल्दै आएको छ । हामी नागरिकलाई सूचनाबाट सुसूचित गर्दै लोकतन्त्रलाई भरथेग गर्नसक्ने बनाउन प्रतिबद्ध छौं । त्यसकारण पनि लोकतान्त्रिक मूल्यमान्यता, मानवअधिकार र संविधानवाद यस बेथानचोक खबरको प्रमुख आधार हुन् ।
हामीले हाम्रा समाचार र विचारलाई तथ्यपूर्ण बनाउन निरन्तर कोसिस गरेका छौं। हामीले यस अनलाइनलाई सशक्त तुल्याउँदै पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील भई समाज विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । यस क्षेत्रमा हामीले बसाएको जग थप बलियो बनाउन आगामी दिनमा थप क्रियाशील हुनेछौँ ।
समाजमा सकारात्मक परिर्वतन ल्याउनको लागि हाम्रा प्रकाशनले सुरुका दिनदेखि नै कलम चलाउँदै आएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुको साथै सत्यतथ्य समाचार सम्प्रेषण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ । आम पाठकलाई रुचिकर र जान्नैपर्ने सूचना सम्प्रेषण गर्नका निम्ति हामी क्रियशील हुनेछौँ । त्यसका लागि हामीले बढीभन्दा बढी खोजमूलक सामग्री प्रस्तुत गर्ने विश्वास दिलाउँछौँ ।
वार्षिकोत्सवको यो पुनीत घडीमा हामी हाम्रा श्रद्धेय पाठक, विज्ञापनदाता, सहकर्मी, सुभचिन्तकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका छौँ । हामी व्यवसायीक र जनमुखी पत्रकारिता गर्ने कुरामा प्रतिबद्ध छौ । हामी व्यवसायिक र जनमुखी पत्रकारिताप्रति प्रतिबद्ध छौ ।