नमोबुद्धमा मेयरका लागि काँग्रेसबाट पाण्डे र लामाको उम्मेदवारी दाबी

काभ्रे : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरू उम्मेदवार चयनमा व्यस्त हुन थालेका छन् । काभ्रेपलाञ्चोक जिल्लामा पनि प्रमुख दलहरू उम्मेदवार चयन लगायत चुनाव केन्द्रित गतिविधिमा जुटेका छन् ।

त्यस्तै जिल्लाको नमोबुद्ध नगरपालिकामा पनि यतिबेला चुनावी माहोल तातिएको छ । नमोबुद्धमा मेयरका लागि नेपाली काँग्रेसबाट कुन्साङ लामा र रोशन पाण्डेले उम्मेदवारीको लागि दाबी गरेका छन् । राजनिति क्षेत्रका सक्रिय दुई प्रखर नेताले नमोबुद्धमा मेयरका लागि उम्मेदवारी दाबी गरेसँगै त्यहाँको राजनितिक माहोल तातिएको छ ।

दुई दशकदेखि राजनितिक क्षेत्रमा सक्रिय रहेका कुन्साङ लामाले कुशल नेत्तृत्व गर्ने सक्षम व्यक्तित्वको पहिचान बनाएका छन् । राजनितिक मात्रै नभएर सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले कुन्साङले मेयरको टिकट पाउने सम्भावना पनि उच्च रहेको स्रोतको दाबी छ ।

त्यस्तै नमोबुद्धमा काँग्रेसबाट मयेरका लागि दाबी गरेका रोशन पाण्डेले पनि राजनितिक क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । राजनितिक, सामाजिक एवं पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पाण्डेले पनि मेयरका लागि  टिकट पाउने चर्चा बढेको पार्टी निकटका जानकारहरु बताउँछन् ।

 

सिफारिस

ताजा समाचार

लोकप्रिय