वातावरण दिवसको अवसरमा श्री सरस्वती मा.विका विद्यार्थीले गरे सरसफाई कार्यक्रम
काभ्रे : वातावरण दिवसको अवसरमा जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले सरसफाई कार्यक्रम गरेका हुन् । आज विद्यालयका विद्यार्थीहरुको सक्रिय सहभागीतामा विद्यालय परिसर क्षेत्रको फोहोर व्यवस्थानपन तथा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रम ग्रामीण विकास संस्था, बेथानचोक गाउँपालिको समन्वय तथा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, गाउँपालिकाको वडा नं ४ का वडा अध्यक्ष कृष्ण पार्खिन, पूर्व वडा अध्यक्ष लाल बहादुर श्रेष्ठ, सदस्य कर्न लामा तथा श्री सरस्वती मा विका प्रधानाध्यापक कृष्ण प्रसाद अधिकारी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्काउट विद्यार्थीको सहभागितामा विद्यालयको प्राङ्गण लगायत पार्थली बजार क्षेत्रमा सरसफाइ गरिएको थियो ।
यस अघि पनि विद्यालयका विद्यार्थीहरुले समय समयमा विद्यालय क्षेत्र र गाउँपालिका अन्य स्थानमा पनि सरसफई गर्दै आएका थिए ।