
काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेको सक्रियतामा एक महिलाको हराएको सुन फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ३ की ५७ वर्षीया अम्बिका गौतमको सुन हराएको थियो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेमा सेवाग्राहीको रुपमा आएकोमा झोलामा रहेको सुनको झुम्का एक जोर र पोते सहितको मंगलसुत्र एक थान हराएको थियो । सुन हराएपछि खेजतलासको लागि उनले जिल्ला प्रहरी कार्यालय काभ्रेमा निवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त निवदेनपश्चात प्रहरीको खोजतलासबाट उनको सुनको गर–गहना भेटिएपछि आज (बिहिबार) निवेदक एवं सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।