‘प्रेमगञ्ज’को ‘समय’ गीत सार्वजनिक

काठमाडौँ : नेपाली चलचित्र ‘प्रेमगञ्ज’को गीत ‘समय’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रसन र सुप्रिया खनाल फिचर्ड छन् ।
उदासी मुडकोे गीत तेज गिरी पात्रको दृष्टिकोणबाट प्रस्तुत छ । एउटा कालखण्डमा नजिक रहेका उनीहरू अर्को कालखण्डमा भेट हुँदाको परिस्थितिलाई गीतमा प्रस्तुत छ ।
निर्देशक परिच्छेद सेनका अनुसार फिल्ममा दुई समयको प्रेमकथा देख्न सकिन्छ । तेज र बेनिशाले युवा उमेरका मैनाराजाको भूमिकामा अभिनय गरेका छन् भने प्रसन र सुप्रियाले टिनएजर मैनाराजाको भूमिका निर्वाह गरेका छन् ।
पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको गीतलाई किरण भुसालले आवाज दिएका छन् । गीतको नृत्य निर्देशन परिच्छेद स्वयंले गरेका हुन् ।
अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको लेखक पनि परिच्छेद सेन नै हुन् । फिल्मको ट्रेलर साउन १० गते रिलिज हुँदैछ भने फिल्म भदौ ३ गते नेपाललगायत भारतका केही सहरमा एकसाथ प्रदर्शन हुँदैछ ।
गीतको भिडियो हेर्नुहोस् :