सरकारी कागज दस्तखत मुद्दामा फरार रहेका मण्डदेउपुरका सोबिन पक्राउ

काभ्रे : सरकारी कागज दस्तखत मुद्दामा फरार रहेका प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का २५ वर्षीय सोबिन परियार रहेका छन् ।

कार्यालयका अनुसार सरकारी कागज दस्तखत मुद्दामा सोबिनलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७७ साल पौष २३ गते सजायको फैसला गरेको थियो । अदालतको फैसलापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयले (आज) असार ३० गते मण्डनदेउपुर नगरपालिका वडा नं ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोक पेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस