पनौतीका तीन विद्यालयका विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम

काभ्रे : जिल्लाको पनौती नगरपालिकाका तीन विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको छ । पनौती नगरपालिका स्थित अरुणोदय मा.वि, सामुदायिक मा.वि र एस.ओ.एस मा.विका विद्यार्थीहरुलाई श्रावण १ गतेबाट जुनियर डिभिजनको राष्ट्रिय सेवा दलको तालिम प्रदान गरिएको छ ।

कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाको प्रमुख आतिथ्यतामा आइतबार तालिमको समुद्घाटन गरिएको हो । तालिमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पनौतीका यी तीन विद्यालयका विद्यार्थीहरुलाई राष्ट्रिय सेवा दलको तालिम केन्द्रले तालिमको समन्वय गर्ने प्रमुख सेनानी थापाले बताए ।

‘अनुशासित बफादार, इमानदारिता र राष्ट्रिय भावनाको विकास गराउनुको साथै नेत्तृत्व विकास गराउनु यस तालिमको मुख्य उद्देश्य रहेको छ,’ तालिमको बारेमा जानकारी गराउँदै उनले भने, ‘ सिकाएको कुरालाई विद्यार्थीहरुले अनुशासित भएर पालना गर्नुपर्नेछ ।’ ‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’, यस तालिमको मूल नारा भएकाले विद्यार्थीहरुले अनुशासित तालिम समापन गर्नुहुन्छ भन्नेमा आफू विश्वसत रहेको उनले बताए ।

तालिममा विद्यार्थीहरुले सिकेको सीपलाई सदुपयोग गर्दै भविष्यमा विपदको समयमा आएका चुनौतीलाई सामना गर्दै स्वयंमसेवकको भूमिका निर्वाह गर्न सकिने उनले जानकारी दिए ।

तालिममा प्रत्येक विद्यालयबाट १८ जना छात्र र १८ जना छात्रा सहभागी हुनेछन् । १ सय दिनको तालिममा ७९ दिन विद्यार्थीहरुले विद्यालयमै तालिम लिनेछन् भने  २१ दिन बर्दिबासको एन.सि.सि क्याम्पमा तालिम दिइने प्रमुख सेनानी थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस