अत्याधिक गर्मीका कारण भैरहवामा एक साताका लागि विद्यालय बन्द
सोमबार, साउन ०२, २०७९ | १५:२२:०८

रुपन्देही : अत्याधिक गर्मीका कारण भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने कुरालाई मध्यनजर गर्दै एक साता विद्यालयमा बिदा दिइएको सिद्धार्थनगर नगरपालिकाले जनाएको छ।
नगरपालिकाका शिक्षा अधिकृत जाह्नवी पाण्डेयद्वारा जारी सूचनामा वर्षे विदाबाट कट्टी गर्ने गरी मंगलबारदेखि साउन ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण संस्थागत तथा धार्मिक विद्यालय विदा दिने निर्णय भएको उल्लेख छ।
पछिल्लो हप्ता भैरहवामा अत्यधिक गर्मी बढेपछि सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ ।