अवैध गतिविधि गरेको आशंकमा तीनकुनेको स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीको छापा

काठमाडौं :  काठमाडौँको तीनकुने गैह्रीगाउँस्थित स्काइ वर्ल्ड कल सेन्टरमा प्रहरीले छापा मारेको छ । अवैध गतिविधि गरेको आशंकमा उक्त कल सेन्टरमा प्रहरीले छापा मारेको हो ।

दुई हजारभन्दा बढी कर्मचारी कार्यरत कल सेन्टरमा प्रहरीले छापा मारेको हो। प्रहरीले छापा मारेपछि त्यहाँ कार्यरत कर्मचारी बाहिरिएका थिए।

व्यवस्थापन पक्षसँग प्रहरीले अहिले सोधपुछ गरिरहेको जनाएको छ। कल सेन्टरले भारतीय नागरिकलाई ऋण दिँदै आएको र पैसा असुल्दै आएको बुझिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस