नगद लुटपाट गरी फरार रहेका दुई प्रतिवादी पक्राउ
बिहिबार, साउन १२, २०७९ | १२:४४:५०
जनकपुर – नगद लुटपाट गरी फरार रहेका दुई जना प्रतिवादीलाई जनकपुरबाट प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमान्ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट २ लाख रुपैयाँ लुटेर फरार भएका दुई जना लुटेरालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।
उनका अनुसार मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।
सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम-१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।
उनीहरुको साथबाट लुटिएको पैसा समेत बरामद भएको प्रहरीले जनाएको छ ।