पनौतीका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

काभ्रे : जिल्लाको पनौती नगरपालिकाका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । पनौती नगरपालिकाको निर्णय अनुसार नगरपालिकाको विभिन्न वडाका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
नगरपालिकाका प्रमुख राम शरण भण्डारीले आफूले कार्यभार सम्हाल्दै नगरका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने निर्णय गरेका थिए । उक्त निर्णयको कार्यान्वयन गर्दै नगरपालिकाको विभिन्न वडाका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सनाले जानकारी दिए ।
उनका अनुसार नगर क्षेत्रका ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई पायक पर्ने स्थानमा स्वास्थ्य परीक्षण गरिएको छ । अहिले नगरको वडा नं १, ७ र १२ का जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण भइरहेको र बाँकी वडाका जेष्ठ नागरिकको पनि क्रमशः स्वास्थ्य परीक्षण गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तिमिल्सनाका अनुसार नगरका जेष्ठ नागरिकको निःशुल्क ब्लड प्रेसर, सुगर, ल्याब टेस्ट गरिएको छ ।