पनौतीमा पर्यटक सूचना केन्द्रको पुर्नस्थापना

काभ्रे : जिल्लाको पनौती नगरपालिकामा पर्यटक सूचना केन्द्रको पुर्नस्थापना गरिएको छ । २०६५ साउन ११ गते स्थापना गरिएको उक्त सूचना केन्द्र विगत तीन वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन ।

विगत ३ वर्षदेखि बन्द रहेको पनौती पर्यटक सूचना केन्द्रको पुर्नस्थापना गरिएको हो । पुर्नस्थापित पनौती पर्यटक सुचना केन्द्रको उद्घाटन पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले गरेका हुन् ।

केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख भण्डारीले भने, ‘पनौतीमा आउने पर्यटकहरुको अभिलेख राख्ने मात्र हैन पर्यटकहरुलाई उपलब्ध हुने सेवा सुविधा र घुम्ने ठाउहरुको जानकारी दिने यो सुचना केन्द्रबाट पर्यटकलाई केहि समस्या परे समाधानको लागि पहल समेत हुने गर्दछ।’

पर्यटक तथा पर्यटन क्षेत्रको विकासको लागि नगरपालिका संगै सबै संघसंस्था हातेमालो गर्दै अघि बढ्नुपर्ने नगर प्रमुख भण्डारीले बताए ।

पनौतीमा पर्यटक सुचना केन्द्र अत्यावश्यक रहेको बताउँदै सुचना केन्द्रका संस्थापक अध्यक्ष सुरेश सैजूले भने, ‘ ऐतिहासिक नगर पनौतीमा आउने पर्यटकहरुका लागि पर्यटनमैत्री बसपार्क, शौचालय, रकम सटहीको पनि व्यवस्था गर्नुपर्ने देखिएको छ ।’

पनौती आउने पर्यटकका लागि स्मारिका, मायाको चिनो, पर्यटकलाई आवश्यक जानकारी मुलक वस्तु उपलक्ध हुने पसरको पनि आवश्यक रहेको औल्याउदै संस्थापक अध्यक्ष सैजूले पर्यटकहरुका लागि हाते पुस्तकपनि प्रकाशित गर्न आवश्यक रहेको बताए । नगरले पर्यटक प्रवद्र्धनमा विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष सैँजुले जोड दिएका थिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस