
काठमाडौँ : जनार्दन शर्मा पुनःअर्थमन्त्रीमा दोहोरिने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकटका एक पोलिटब्युरो सदस्यका अनुसार माओवादीले शर्मालाई नै अर्थमन्त्री बनाउनका लागि नाम पठाइसकेको छ ।
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेपछि शर्माले पदबाट राजीनामा दिएका थिए । सोही प्रयोजनका लागि संसदीय छानबिन समिति गठन भई समितिको प्रतिवेदनले उनलाई निर्दोष सावित गरेपछि पुनः अर्थमन्त्री बन्ने सम्भावना बढेको हो ।
पार्टीको निर्णय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेपछि आजै मन्त्री नियुक्त भई शपथग्रहणसम्म हुने सम्भावना रहेको छ ।