आइतबार, बैशाख ०६, २०८३
कमल र ललना अभिनित ‘कसम’ सार्वजनिक

काठमाडौं : कलाकार कमल सिंह र ललना चिमरिया अभिनित ‘कसम’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकामा बसेर नेपाली गीत संगीत क्षेत्रमा सक्रिय गीतकार कुमार मिश्रको शब्दमा रहेको बिल्कुलै नयाँ सांगीतिक सौगात ‘कसम’ सार्वजनिक भएको हो ।

साईराज खातीको सुमधुर स्वरमा सजिएको यस गीतमा संगीत अमेरिकामा रहेका अर्का संगीतकार अम्बर तुम्बापो सुब्बाको रहेको छ । गीतलाई मोहित मुनालले संगीत संयोजन गरेका हुन्।

बुद्ध थापाले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो। भिडियो ुकेके अक्टेभु नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

यसअघि गीतकार मिश्रको शब्दमा रहेको ‘हंगामा भो’, ‘फुल बनी’, ‘चिनी अमिलो’, ‘बालै भएन’, ‘माया बसेछ’, ‘छ पक्कै ल पक्कै’ लगायत थुप्रै म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन्।

भिडियो हेर्नुहोस् :

 

सिफारिस

ताजा समाचार

लोकप्रिय