
बागलुङ : निसीखोला गाउँपालिका-४ कानाबगर बस्ने २९ वर्षीय लिल बहादुर घर्तीको घरमा जुवातास खेलिरहेको अवस्थामा घर्ती लगायत सात जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६७ हजार ४ सय ३० रुपैयाँ, ८ थान मोबाईल र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।