मंसिरमा हुने निर्वाचनका लागि एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन

काठमाडौँ : यहीँ मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ ।

निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए । उनका अनुसार २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।

प्रहरी हेडक्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ । केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस