आइतबार, बैशाख ०६, २०८३
मिस नेपाल अर्थ सरिशा भारततर्फ

भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजना गरिएको वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा भाग लिन मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ त्यसतर्फ प्रस्थान गरेकी छन् ।

विशेष अतिथिको निम्तोमा उनी त्यसतर्फ लागेको द हिडन ट्रेजरले जनाएको छ । वर्ल्ड बुक अफ रेकर्डले पाँचवर्ष पुरा गरेको अवसरमा सोमबार अवार्ड समारोह हुँदैछ ।

उक्त समारोहमा विश्वभरका राजनीतिज्ञ, भारतीय चलचित्र र कर्पोरेट क्षेत्रका २५० भन्दा बढी चर्चित व्यक्तित्वहरु अतिथिको रुपमा भाग लिँदैछन् । मुलुकको सामाजिक–आर्थिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई समेत सम्मान गरिने भएको छ ।

सरिशाले गतसाता सिसडोल ल्यान्डफिल्ड साइट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर पनि चलाएकी थिइन् जहाँ १६० जनाले स्वास्थ्य सेवा लिएका थिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय