जुवातास खेलिरहेको अवस्थामा काभ्रे नमोबुद्धका लामा सहित आठ जना पक्राउ

काभ्रे : जुवातास खेलिरहेको अवस्थामा काभ्रे नमोबुद्धका लामा सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस