गौवध गरेको अभियोगमा नमोबुद्धका दुई युवक पक्राउ

काभ्रे : गौवध गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय काभ्रेले दुई जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ५ का ३० वर्षीय ज्ञान बहादुर तामाङ र सोही वडाकै १८ वर्षे फुर्वे तामाङ रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार नमोबुद्ध नगरपालिका वडा नं ५ डाँडागाउँ स्थित फुर्बे तामाङ्गको घर भित्र गाई गोरु जस्तो देखिने चौपाय जनावरको शरिर र टाँउको छुट्ट्याई मासु भाग लगाई रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

गाईगोरु जस्तो देखिने जनावर काँटी मासु भाग लगाई रहेको छ भन्ने विशेष सूचनाको आधारमा भदौ ९ गते बिहान २ः ३० बजेको समयमा ईलाका प्रहरी कार्यालय मंगलटार काभ्रेपलाञ्चोक समेतबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फलामको दाउ समेत फेला पारी रितपुर्वक बरामद गरी गौवध गरेको अभियोगमा कानून बमोजिम पक्राउ गरिएको हो । उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२७ पशुपंक्षी सम्बन्धी कसूरमा कारवाहीको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय